आज अन्तराष्ट्रिय श्रमिक दिवस, औपचारिक कार्यक्रमबिना सम्झना गरिँदै

news-details

आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिएको छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको हो । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको हो ।

तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु औपचारिकतामा मात्रै सिमित गरिएका छन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् ।

सन् १८८६ मा अमेरिकाको एक राज्यमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *