राष्ट्रिय बाणिज्य बैंकको ‘आरबीबी मोबाइल बैंकिङ महामेला’का विजयीहरु घोषणा

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘आरबीबी मोबाइल बैंकिङ’ को प्रवद्र्धनको लागि संचालनमा ल्याएको ‘आरबीबी मोबाइल बैंकिङ महामेला’का बिजेता घोषणा गरेको छ ।

बैंकले २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म(एक महिना)सम्म एफवान सफ्टको सहकार्यमा संचालनमा ल्याएको ‘आरबीबी मोबाइल बैंकिङ महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको हो ।

सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर  मेगा पुरस्कार प्याकेज पाएका छन । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा ‘आरबीबी मोबाइल बैंकिङ महामेला’ कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । साथै राष्ट्रिय बाणिज्य बैंकमा खाता खोली मोवाइल बैंकिङ्गबाट डिजिटल कारोबार गर्दा छुट लगायत उपहार पाउने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्डुकार लगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *