नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कबीच सहकार्य सम्झौता
- चैत्र २८, २०७७
- 0
बैङ्क सम्बन्धि जनचेतनामुलक सन्देश उत्पादन र प्रसारण गर्ने सम्वन्धमा नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैङ्कले सहकार्य गर्ने भएका छन् ।
नेपाल टेलिभिजनबाट बैङ्कसँग सम्बन्धित जनचेतनामुलक सामग्री उत्पादन र प्रसारण गर्ने सम्बन्धमा शुक्रबार दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतामा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्टले हस्ताक्षर गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय बाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले देशभर वित्तीय पहु्ँच विस्तार गर्ने दिशामा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले दुई संस्थाबीचको सहकार्य आउँदा दिनमा अझ उचाइमा पुर्याइने बताउनुभयो ।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]









