नेप्सेले माग्यो इन्फ्रास्टक्चर सँग स्पष्टीकरण
- चैत्र ४, २०७७
- 0

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सँग स्पष्टीकरण माग गरेको छ ।
सञ्चार माध्यममा निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार आएपछि नेप्सेले समाचारबारे स्पष्टिकरण सोधेको हो । उक्त विषयमा सत्यतथ्य प्रकाश पार्न नेप्सेले निफ्रालाई भनेको छ ।
रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग के कस्तो छलफल भएको, इन्सुरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्सुरेन्स बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना प्रचार गर्नुको कारण बताउन नेप्सेले निर्देशन दिएको छ । नेप्सेले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न निफ्रालाई भनेको छ ।
0 प्रतिक्रिया
अरूले आएर देश बनाइदिँदैन, सबै मिलेर विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सबै नागरिकले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ […]
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् । आइतबार सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अध्यक्ष […]
अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री पौडेल

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेश […]
रवि लामिछानेले सर्वोच्च अदालतमा दर्ता गरे बन्दी प्रत्यक्षीकरण रिट

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका […]
राप्रपाका अध्यक्ष लिङदेनसहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले लियो नियन्त्रणमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। लिङदेनसहित राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक […]