किरण खरेललाई महानन्द पुरस्कार
- साउन १७, २०७५
- 0
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक वर्ष प्रदान गर्ने महानन्द साहित्य सम्मान यस वर्ष कवि तथा गीतकार किरण खरेललाई प्रदान गरिएको छ ।
१२२ औं महानन्द जयन्तीका अवसरमा गीतकार खरेलको निजी निवासमा एक औपचारिक कार्यक्रम गरी कवि विप्लव प्रतीक र निबन्धकार, पत्रकार दीपक सापकोटाले उक्त सम्मान प्रदान गरेका थिए । अनेसास, टेक्सास च्याप्टरले प्रदान गरेको पुरस्कारको राशी ५० हजार रुपैयाँ छ ।
नेपाली भाषाको श्रीवृद्धिमा विशेष योगदान दिने साहित्यिक व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गरिँदै आएको छ । सन् २०१२ देखि महानन्द सापकोटा साहित्यिक पुरस्कार गुठीले यो सम्मान प्रदान गर्न थालेको हो ।
हालसम्म विप्लव प्रतीक, वसन्त थापा, गोविन्द वर्तमान, किशोर नेपाल र दुर्गालाल श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिसकिएको छ ।
0 प्रतिक्रिया
नेप्से सूचकमा सुधारः कारोबार घटेर पनि बजारमा हरियाली
लगातार तीन दिन कारोबार घटेको नेप्से चौथो दिन भने बढेको छ । गएको हप्ताको बुधबार, बिहीबार र यो हप्ताको पहिलो […]
आत्महत्या न्यूनीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर
गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार विहान गृह मन्त्रालयका […]
अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्रमै विभेद, व्यक्तिगत सहयोगी नहुँदा समस्या
प्रतिनिधि सभा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि संविधानमा स्पष्ट व्यवस्था रहेकाले […]
भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ
विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति […]
आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन स्वास्थ्य मन्त्रीलाई कार्यदलको सुझाव
चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन […]