कविता : ‘जीवन-फूलदेखि फूलसम्म’
- बीरेन्द्र कार्की
- भदौ १, २०७७
- 0

आज
भुवा भन्दा नरम
प्वाँख भन्दा हलुका बनेर
सुर्यमुखी फूल जस्तै
अनुहारमा उज्यालो भरेर
ठ्याक्कै उ आफू जस्तै
हसिला, नरम र हलुका
फूलहरुको बिस्तारा माथी
आफू रोइ रहेको छ
अरु हर्षले बिभोर छन
आज
फूल माथी एउटा जीवनको शुरुआत भएको छ।
र फेरि आज अर्को आज
अत्यन्त गह्रुङ्गो भएर होला सायद
चार काध चडेर
आफू अघि लागेर
चिर निद्रामा आफू
मद मस्त बनेर आफू
सयौं अरुलाइ रुवाएर
छाती माथी फुलहरु सजाएर
यदाकदाका लागि हैन
सदासदाका लागि
अनन्त यात्रामा हिडेको छ
र आजै
फूल मुनि त्यो जीवनको अन्त्य भएको छ।
जीवन फूल माथी देखि फूल मुनिको
फूल देखि फूल सम्मको
बस एक यात्रा मात्र रहेछ
बिचको त सबै जात्रा मात्र रहेछ।
0 प्रतिक्रिया
माधवजीविरुद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिशोध राखेर मुद्दा […]
ऐतिहासिक सुन्धारा र पूरानो धरहराको अवशेषलाई संरक्षण गर्न स्थानीयबासीको माग

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना […]
संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘अफगानिस्तानको आगो’ पोर्चुगलमा लोकार्पण

गैरआवासीय नेपाली संघ (एनआरएनए) सेसेल्सका संस्थापक, निवर्तमान अध्यक्ष तथा अफ्रिका क्षेत्रीय पूर्व उपसंयोजक रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध […]
आज पनि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

भिजिट भिसा प्रकरणमा नाम जोडिएको गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई लिएर संसद बन्धक बनेको छ । विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा […]
माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको बजेट अधिवेशनमै विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन […]