कविता : ‘के थाहा …’
-सुषमा आचार्य
- बैशाख १२, २०७७
- 0
राणा कालको आभाष भएको छ अहिलेको समाजमा
आगो निभेपछी निभाउन आदेश दिए जस्तै
भोकमरीको आगो दन्किरहेको छ गरीबमा
खाडिको पानीले आगो शान्त पार्छु भने जस्तै ।
लोकतान्त्रीक गणतन्त्रमा हामीले नै बिस्वास गरी चुनेका हौ
के थाहा थियो र इतिहासका सामन्ती फर्कन्छन भनेर
देश र जनताको रक्षक सम्झेका थियौ
जनता छक्क पर्छन श्री ३ को हैसियतमा यिनिहरुलाई देखेर ।
मास्क लगाएर काँचको पर्दाबाट भाषण गर्छन्
जनताको सुब्यबस्थाको ठेक्का लिएको छौ भनी हसाउँछन्
लकडाउन भनेको थाहा छैन घरमा बसी सुरक्षित हुने
घरमा बस्ने अनि दुध भात खाने ।
नुन र चिउरा नपाएको ती श्री ३ लाई के थाहा
पानीको ग्यालिन रित्तिएको के थाहा
गोजीको दुई चार दाम टकटकिएको के थाहा
चामलका प्लास्टिक सिद्धिएको के थाहा ।
हाम्रो सरकार छ हेर्लानी भन्दाभन्दै
महामारीले भन्दा पनि भोकमरीले मर्न आटेको के थाहा
हामी ब्यबस्था गछौं भन्दाभन्दै
सयौ यात्री अलपत्र परेको के थाहा ।
ठुला ठुला योजना सफल पार्छु भनेर शान्त्वना दिनेहरुलाई के थाहा
बिपत्तिले संसार हल्याईरहदा समेत उपचार सामाग्रीमा
भष्टाचारको सुगन्ध पाएकाहरुलाई के थाहा
आफुपनि यही धर्तीकै हु भनेर बिर्सनेहरुलाई के थाहा ।
सपनाहरु धकेलेको धकेल्यै गर्दा गहुङ्गो हुन्छ
त्यही गहुङ्गो सपना एक निमेषमा बिष्फोट हुन्छ
थाहा नपाउँदा नपाउँदै बिष्फोटको तापले बेस्सरी पोल्छ
जरा समेत बाँकी नरहने गरी अस्तित्व निर्मुल हुन्छ ।।