कोरोना भाइरस संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
- चैत्र ११, २०७६
- 0

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमनको आशंकामा न्युयोर्कको स्थानीय अस्पतालमा भर्ना भएका ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिएका छन ।
स्थानीय समयअनुसार आज बिहानमात्रै लिम्बुको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र प्रेसरको समस्या थियो । कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।
पाँचथर रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनले अमेरिकामा रहेर होटल तथा ट्याक्सी व्यवसाय सञ्चालन गरिरहेका थिए। यसअघि बेलायतमा एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
0 प्रतिक्रिया
वर्षा बाधक बनेपछि नेपाल यू–१९ क्रिकेट विश्वकपमा छनोट भएन

वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया […]
बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल सुरु भएको छ । बैठक केहीबेरअघि सुरु […]
नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षा सम्बन्धि छलफल सम्पन्न भएको छ […]
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन् […]
उद्मशिलता नै अर्थतन्त्रको आधार हुनसक्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धेरै कुरामा बृहत रहेको बताएका छन् । […]