राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- अशोज २, २०८३
- 0
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको चालु अधिवेशनको ४७ औँ बैठक आज अपराह्न १ः१५ बजे बस्दै छ ।
सङ्घीय संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ ।
कार्यसूचीअनुसार बैठकको सुरुमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर जानकारी गराउने कार्यक्रम रहेको छ । त्यसपछि प्रश्नोत्तर सत्रअन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।
यसैगरी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदनहरू सभासमक्ष पेस गर्ने कार्यसूची तय गरिएको छ।
बैठकमा सभाकी सदस्य मदन कुमारी शाह (गरिमा) ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माण सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
0 प्रतिक्रिया
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। २ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक […]
एनआरएनए उपाध्यक्ष न्यौपाने समूहको अर्को जलविद्युत् आयोजना अघि बढ्यो, जल्दीगाडमा ४ अर्ब ६० करोड लगानी सुनिश्चित

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने नेतृत्वको प्रवर्द्धक समूहले रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण गर्न लागेको २२.५० […]
‘अग्रजहरूले देखाएको त्याग, साहस र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्ने अवसर आएको छ’ : थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै उनका त्याग, साहस, […]
काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्री गर्न निर्देशन

काठमाडौं । नेपाल एल.पि. ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण […]






