कोरोना भाइरसले तातोपानी र रसुवागढी नाकाबाट आउने पर्यटकलाई रोक

news-details
कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै चीन–नेपालको सिमाना तातोपानी र रसुवागढी नाकाबाट पर्यटकहरु आउन १५ दिनका लागि रोक लगाइएको छ ।
नेपाल–चीनको आपसी सहमतिमा तातोपानी र रसुवागढी नाकाबाट १५ दिनको लागि नेपाल आउने पर्यटकको लागि रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् ।  
चिनियाँ पर्यटकको आवागमन भइरहेको बेला सङ्क्रमण हुनसक्ने भन्दै आवागमनमा रोक लगाइएको प्रवक्ता शर्माको भनाइ छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि रोक लगाइएको हो । हालसम्म १ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
नेपालमा पनि कोरोना भाइरस देखिएकाले सर्तकता अपनाउन सरकारले अपील गरिरहेको छ ।
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *