बसको ठक्करबाट सुकेधारामा एक छात्राको मृत्यु, आक्रोशित विद्यार्थीले बसमा गरे आगजनी
- पुस ७, २०७६
- 0
बसको ठक्करबाट सुकेधारामा एक छात्राको निधन भएको छ । चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत २१ वर्षीय छात्रा सृष्टि पन्तको सुकेधारा चोक नजिक बाटो पार गर्ने क्रममा भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५९२० नम्बरको बसले बिहान करिब ५ः३० बजे ठक्कर दिदा निधन भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी पन्तको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोशित बनेका पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा आंशिक क्षति पुगेको छ ।
उक्त घटनापछि चाबहिल, सुकेधारा र मित्रपार्क क्षेत्रमा सुचारु ढङ्गबाट यातायात सञ्चालनमा केही समय अवरोध भएको थियो ।