दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृतकको सङ्ख्या ८५ पुग्यो
- पुस १४, २०८१
- 0

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ ।
चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।
थाइल्यान्डको राजधानी ब्यांककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।
धावनमार्गमा चिप्लिएको विमान पर्खालमा ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मृत्यु हुनेमा ४६ महिला र ३९ पुरुष रहेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।
0 प्रतिक्रिया
अध्यागमन कार्यालयबाट मन्त्रालय तानिएलगत्तै सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह […]
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की

सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार […]
भारतले युद्ध चाहेको छैन, युद्धको लागि कसैले पनि नउक्साउनु होलाः नेता जोली

भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले भारतले युद्ध नचाहेको भन्दै युद्धको लागि कसैले पनि नउक्साउन आग्रह गरेका छन् । बुधबार […]
विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी आउदाँ सचेत गराउने प्रविधिको विकास हुनुपर्ने बताएका छन् । बुधबार उर्जा, जलस्रोत तथा […]
गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण, ५ सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै […]