अमेरिकाको राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुने निश्चित
- कार्तिक २१, २०८१
- 0
अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक निर्वाचित हुने पक्का भएको छ । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुने पक्का भएको हो ।
एपीका अनुसार रिपब्लिकन उम्मेदवार ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएको हो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति ह्यारिसले कम्तीमा २ सय १९ इलेक्टोरल मत प्राप्त गर्ने निश्चित भएको छ ।
यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।
0 प्रतिक्रिया
नेपाल व्यवसायी संघ कतारको वार्षिक साधारण सभा : नेपालमा लगानी भित्र्याउने प्रतिबद्धता
कतारमा व्यवसाय गर्ने व्यवसायीहरुको साझा संस्था नेपाल व्यवसायी संघ कतारले बार्षिक साधारण सभा सम्पन्न गर्दै नेपालमा लगानी भित्र्याउने प्रतिवद्धता जनाएको […]
सुर्यदर्शन सहकारी ठगी प्रकरण् : रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै निवेदन दर्ता
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै […]
स्वास्थ्य बीमामा सुधारका लागि मन्त्री प्रदीप पौडेलद्वारा आन्तरिक थालनी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा […]
अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : मन्त्री भट्टराई
शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुने बताएकी छिन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक […]
संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउने मन्त्रिपरिषद् बैठकको निर्णय
मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ […]