प्रतिनिधि सभा बैठकको क्यालेण्डर : नीति तथा कार्यक्रम वैशाख १९ गते, ‘प्रि बजेट’ छलफल २८ देखि

news-details

संघीय संसद् अन्तर्गत कार्यव्यवस्था परामर्श समिति बैठकले प्रतिनिधि सभाको बैठक बस्ने मिति तय गरेको छ। आजबाट सुरु हुन लागेको बजेट अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेको हो।

क्यालेण्डर अनुसार वैशाखमा प्रतिनिधिसभाको १२ वटा बैठक बस्नेछ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ ।

यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।

पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने यसअघि नै निर्णय गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया