सगरमाथा आरोहण गर्ने विश्वको पहिलो उडान परिचालिका (फ्लाइट एटेण्डेड) ओम्निका डंगोल सम्मानित भएकी छिन् ।

७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उडान परिचालिका डंगोललाई सम्मान गरेका हुन् ।

२०७९ जेठ २ गते सोमबार बिहान ७ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सफल डंगोल हिमालय एयरलाइन्सको बरिष्ठ उडान परिचालिका हुन् । हिमालय एयरलाइन्सको झण्डासहित सफल आरोहण गरेकी डंगोल विश्वकै पहिलो उडान परिचालिकाको नाम लेखाएकी छिन् ।

सगरमाथा आरोहण गर्ने विश्वको पहिलो उडान परिचालिका ओम्निका डंगोल सम्मानित

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, पर्यटन मन्त्री हितबहादुर तामाङले डंगोलसहित अन्यलाई पुरस्कारसहित सम्मान गरेका छन् ।

सोही अवसरमा अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कार २०२४बाट लाक्पा सोनाम शेर्पालाई सम्मानित भएका छन् । उनी यति एयरलाइन्स तथा थामसेर्कु ट्रेकिङका संस्थापक हुन् ।

सगरमाथा आरोहण गर्ने विश्वको पहिलो उडान परिचालिका ओम्निका डंगोल सम्मानित

शेर्पालाई पाँच दशकदेखि पर्यटन व्यवसाय क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सरकारले उक्त सम्मानबाट शेर्पालाई सम्मानित गरेको पुरस्कार छनोट तथा सिफारिस समितिले जनाएको छ ।

यस्तै, तेन्जिङ्ग हिलारी पुरस्कार २०२४ बाट चार जना सम्मानित भएका छन् ।

उक्त पुरस्कार सोलुखुम्बुका आङछिरी शेर्पा (एसी), दोलखाका पेमा छिरिङ्ग शेर्पा, बर्दियाका महाशेनानी सुनिल सिंह र सोलुखुम्बुकै एकल महिला सगरमाथा आरोहण दल, २०१९ लाई प्रदान गरिएको हो ।

विश्वको उच्च शिखर सगरमाथा लगायत ७ महादेशका अग्ला हिमालहरु आरोहण गरेका एसी शेर्पालाई सेभेन समिट फाउन्डेसन संस्था स्थापना गरी आरोहण क्षेत्र र पर्वतीय पर्यटनमा विशिष्टि योगदान पुर्याएको भन्दै तेन्जिङ हिलारी पुरस्कार प्रदान गरिएको हो ।

सगरमाथा आरोहण गर्ने विश्वको पहिलो उडान परिचालिका ओम्निका डंगोल सम्मानित

अमेरिकाको सियाटल शहरको महाबाणिज्य दूतसमेत रहेका एसी शेर्पाले सेभेन समिट फाउण्डेशन मार्फत महिला, बालबालिका, शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रमा पनि सहायता गर्दै आइरहेका छन ।

२३ पटक सगरमाथा र १० पटक मनास्लु हिमालको सफल आरोहण गरेका पेमा शेर्पालाई दर्जनौ हिमाल आरोहण गरी ट्रेकिङ्ग तथा माउन्टेन गाइडको रुपमा २३ वर्षदेखि पर्वतीय पर्यटनमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको समितिले जनाएको छ ।

यस्तै, सिंहले सन् १९९९ बाट पर्वतीय पर्वतारोहण कार्यको सुरु गराएको, नेपाली सेनाको अधिकृत स्तरबाट सगरमाथाको सफल आरोहण गरेको, सन् २००८ मा बेइजिङ ओलम्पिकको टर्च सगरमाथा शिखरमा लगि खेल उदघाटन गर्ने कार्यको पूर्ण सुरक्षाको नेतृत्व गरी नेपाल सरकारको तर्फबाट सम्पूर्ण आरोहण दललाई आरोहणको लागि सहजिकरण गर्न सफल भए थिए ।

सन् २०१३ मा नेपाल भारत संयुक्त सगरमाथा आरोहण दलको नेतृत्व गरी आरोहण सफल पारेका सिंहले सन् २०१९ देखि सगरमाथा सफाई अभियानको सल्लाहकारको रुपमा काम गर्दै आएका छन् ।