माल्दिभ्समा सत्ता पक्ष र विपक्षीबीच संसद भित्रै झडप

news-details

माल्दिभ्समा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झडप भएको छ । प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारले ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रमुख विपक्षी दल ‘माल्दिभ्स डेमोक्रेटिक पार्टी’(एमडीपी)ले मन्त्रिपरिषद्मा मतदान गर्नुअघि मुइज्जुको सरकारले गरेको सिफारीस चार सदस्यको संसदीय अनुमोदन रोक्नु पर्ने माग गरेको थियो ।’

एमडीपीको मागमा सरकार पक्षधर सांसदहरुले विरोध गर्न थालेपछि संसदभित्रै पक्ष र प्रतिपक्षका सांसदहरु हात हालाहालको स्तरमा उत्रिदा बैठक नै अवरुद्ध भएको थियो ।
दुई पक्षबीचमा भएको झडपको क्रममा कान्दथिमुका सांसद अब्दुल्ला साहीम, अब्दुल हकीम साहीम र केन्डिकुलहुदुका सांसद अहमद इसाबीच हातहालाहालको अवस्था आएको थियो ।

झडपका क्रममा दुवै सांसद चेम्बर नजिकै खसेकाले शहीमको टाउकोमा पनि चोट लागेको जनाइएको छ । अल्पसंख्यक नेता मुसा सिराजले विवाद रोक्न खोजेका थिए ।

गठबन्धन सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डा. अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको थियो ।

त्यसपछि मन्त्रिपरिषदका सदस्यको नियुक्ति प्रस्ताव पास गर्ने विषयमा भोटिङ हुन पाएन ।

प्रधानमन्त्री मुइज्जु नेतृत्वको गठबन्धन सरकारलाई चिन निकट रहेको बताइन्छ भने,उता प्रमुख प्रतिपक्षी विपक्षी दल एमडीपी भारतको निकटस्थ मानिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *