बेरुतमा इजरायली आक्रमणबाट मारिए हमासका उपप्रमुख सालेह अलद अरौरी

news-details

इजारायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरी मारिएका छन् ।

इजरायली सेनाले मंगलवार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढ रहेको बेरुतको दक्षिणी उपनगर दहियाहमा ड्रोन आक्रमण गर्दा अरोरी मारिएको दावी गरिएको हो ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले हमासको कार्यालयमा ड्रोनले आक्रमण गरेको जनाएको छ । हमास अधिकारीहरू र लेबनानको सुन्नी इस्लामी जमाआ इस्लामिया समूह बीचको बैठकलाई लक्षित गरी चार प्यालेस्टाइनी र तीन लेबनानीहरूलाई मारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हमासले अक्टोबर ७ मा इजरायलमा गरेको घातक हमलापछि प्यालेस्टिनी क्षेत्रबाहिर प्यालेस्टिनी समूहका अधिकारीलाई लक्षित गरी हत्या गरेको यो पहिलो घटना हो ।

हमासले अरौरीको हत्याको पुष्टि गर्दै कासम ब्रिगेडका अधिकारी समीर फिन्डी अबू आमेर र अजाम अल–अक्रा अबु अम्मर पनि मारिएको बताएको छ । साथै यसको बदला लिने पनि हमासले चेतावनी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *