भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार बिहान भारतको पन्जाबबाट उनलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
सिंहले मोगा प्रहरीसमक्ष आत्मसर्पण गरेका थिए। उनलाई पन्जाब प्रहरीले हिरासतमा लिएको जनाएको छ।
काठमाडौंस्थित भारतीय दूतावासले सिंह नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। अध्यागमन विभागले पनि सिंहलाई निगरानी सूचीमा राखेको थियो।
सिंह भारतीय प्रहरीको फरार सूचीमा थिए।
उनीमाथि ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्याएको र अशान्ति मच्चाएको आरोप छ।








