पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्ने सिफारिस गरेका छन ।
संसदमा आफू विरुद्दको अविश्वासको प्रस्ताव उपसभामुखले खारेज गरेलगत्तै प्रधानमन्त्री खानले संसद विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गरेको बीबीसीले जनाएको छ।
संसद विघटनको शिफारिससँगै प्रधानमन्त्री खानले नयाँ जनादेश लिन निर्वाचन गर्ने घोषणा गरेका छन ।
उनले आज राष्ट्रको नाममा सम्बोधन गर्दै आफू विरुद्दका सबै गतिविधिहरु असफल भएको दावीसमेत गरेका छन ।








