संयुक्त राष्ट्रसङ्घमा भएको मतदानमा नेपालसहित १४१ मुलुकले युक्रेनमाथि रुसी अतिक्रमणको विरोधमा मत दिएका छन् ।

अतिक्रमणको निन्दा गर्दै उनीहरूले युक्रेनबाट तत्काल आफ्ना फौज फिर्ता गर्न रुसलाई आग्रह गरेका छन् ।

एउटा विरल सत्रमा दुई दिन चलेको बहसपछि गरिएको मतदानमा विपक्षमा चाहिँ पाँचवटा देश मात्रै उभिए ।

ती देशमा सिरिया र उत्तर कोरियालगायत छन् । मतदान प्रक्रियामा चीन र भारतसहित ३५ वटा देश अनुपस्थित रहे ।