म्यानमारकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

news-details

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सानसुकीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ ।

सुकीलाई सैनिक सरकारले सेनाविरुद्ध मानिसलाई भडकाउने गतिविधि गरेको र कारोनाको नियम उल्लंघन गरेको आरोपमा म्यानमारको एक अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो ।

७६ वर्षीया सुकीमाथि भ्रष्टाचार लगायत अन्य ११ वटा आरोप पनि लगाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । तर सुकीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप गलत भएको बताउँदै आएकी छिन ।

म्यानमारमा गत वर्ष नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीको पार्टी नेसनल डेमोक्रेटिक लिगले जित हासिल गरेको थियो । तर सेनाले चुनावमा धाँधली भएको भन्दै निर्वाचन परिणाम अस्वीकार गर्दै गत फेब्रुअरीमा म्यान्मारको सत्ता हातमा लिएको थियो ।

सेनाले गरेको कु को विरोधमा चर्किएको आन्दोलनमा १ हजार ३ सय जना भन्दा बढी नागरिकको ज्यान गइसकेको छ । सेनाले सत्ता हातमा लिएपछि सुकीलाई घरमै नजरबन्द गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *