काठमाडौंको भृकुटीमण्डपमा बडादशैं जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ ।

नेपालीहरुकको महान् चाड दशैंलाई लक्षित गरि आयोजना गरिएको मेलामा ११ वटा कम्पनीका ३० वटा ब्राण्डहरु राखिएका छन् ।

भृकुटीमण्डपमा बडादशैं जुत्ताचप्पल मेला, ८ हजार भन्दा बढी डिजाइनका जुत्ताचप्पल ६० प्रतिशतसम्म छुटमा पाइने
मेलामा प्रख्यात नेपाली ब्राण्डहरु शिखर सुज, रन सुज, भेनस सुज, बोस सुज आइडल सुज, एक्ष्ट्रा सुज, सिल्स सुज, सु ल्यान्ड, प्राइड स्वदेशी, हिमानी कलेक्सन र डिजे कलेक्सनका ८ हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पल राखिएका छन् ।

मेलामा पार्टी सुज, स्पोर्टस सुज, क्याजुअल सुज, स्कुल सुज, अफिस सुज, बुट लोफर, स्निकर लगायतका जुत्तााहरु उपलब्ध रहेका छन् । साथै महिलाहरुका लागि पनि आवश्यक जुत्ताचप्पलहरु राखिएका छन् ।

भृकुटीमण्डपमा बडादशैं जुत्ताचप्पल मेला, ८ हजार भन्दा बढी डिजाइनका जुत्ताचप्पल ६० प्रतिशतसम्म छुटमा पाइने

मेला आयोजक तथा बोस सुजका प्रबन्ध निर्देशक गंगा श्रेष्ठका अनुसार हरेक नेपालीको खट्टामा नेपाली ब्राण्डकै जुत्ता चप्पल होस् भन्नका लागि दशैंलाई लक्षित गरि मेला आयोजना गरेको जानकारी दिए । मेलामा जस्तोसुकै ब्राण्डका जुत्ताहरु ६ महिनादेखि १ वर्षसम्मको वारेन्टीसहीत पाइने भएकाले उपाभोक्ताहरु मेलामा छिरिसकेपछि रित्तो हात फर्कनु नपर्ने उनी बताउँछन् ।

भृकुटीमण्डपमा बडादशैं जुत्ताचप्पल मेला, ८ हजार भन्दा बढी डिजाइनका जुत्ताचप्पल ६० प्रतिशतसम्म छुटमा पाइने

मेलामा महिला, पुरुष, वृद्ध, बालकालिका, सबै उमेर समूहलाई हुने गरी नयाँ र लेटेस्ट डिजाइनका जुत्ताचप्पलहरु १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुटमा उपलब्ध हुने मेला आयोजकले जनाएका छन् ।

त्यस्तै अर्का आयोजक आरसी केसीले फुलपातिको दिनसम्म चल्ने मेलामा न्यूनतम २ सय रुपैयाँको चप्पलदेखि १० हजारसम्मको जुत्ताहरू पनि उपलब्ध रहेको जानकारी दिए । मेलामा उपभोक्ताले सिधै उत्पादकसँग जुत्ताचप्पल खरिद गर्न पाउने हुनाले सस्तो मुल्यमै आकर्षक, टिकाउ र गुणस्तरिय जुत्ताचप्पल खरिद गर्न पाइने हुनाले एकपल्ट मेलामा आई आफूलाई मनपर्ने जुत्ताचप्पल खरिद गर्न उनले सबैलाई आग्रह गरे ।

भृकुटीमण्डपमा बडादशैं जुत्ताचप्पल मेला, ८ हजार भन्दा बढी डिजाइनका जुत्ताचप्पल ६० प्रतिशतसम्म छुटमा पाइने

मेलामा उपभोक्ताहरु पनि एउटै छानामुनि नेपालका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल सस्तो मुल्यमा छानीछानी किन्न पाउँदा मख्ख देखिन्थे ।

नेपालीहरुको महान् पर्व दशैं, तिहार, छठलाई लक्षित गरि असोज १ गतेबाट सुरु भएको मेला फुलपातीको दिनसम्म निरन्तर लागिरहने आयोजकको भनाई छ ।

व्यापार मेला अवलोकन गरि सस्तो, टिकाउयुक्त र भरपर्दो जुत्ताचप्पलहरु खरिद गरि नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सम्पूर्ण ग्राहकहरुलाई आयोजकले आग्रह समेत गरेका छन् ।