अमेरीकाको फ्लोरिडामा आवासीय भवन भत्किंदा सय भन्दा बढी वेपत्ता, १ जनाको मृत्यु

news-details

अमेरिकाको फ्लोरिडा राज्यमा एउटा १२ तले आवासीय भवन भत्किंदा १ जनाको मृत्यु भएको छ । हराइरहेका झन्डै १०० जनाको खोजि कार्य जारी छ ।

मायामी शहरमा अवस्थित उक्त १२ तल्ले आवासीय भवनको एकापट्टीको भाग भत्किएर ध्वस्त भएसँगै मानिसहरु पुरिएर हराएका हुन् ।

घटनास्थलबाट दर्जनौ व्यक्तिलाइ सकुशल उद्धार गरिएको छ । भवनभित्र कति व्यक्ति थिए भन्ने यकिन हुन सकेको छैन ।

सन् १९८० मा निर्मित सो १२ तल्ले भवनको १३० वटा फ्ल्याटमध्ये आधा पुरै ध्वस्त भएको छ । भवन के कारणले भत्कियो भन्ने अनुसन्धानकै क्रममा छ । हराउनेमध्ये धेरै ल्याटिन अमेरिकी आप्रवासीहरू भएको सम्बन्धित वाणिज्य दूतावासहरुले जानकारी दिएको बिबिसीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *