अमेरीकाको फ्लोरिडामा आवासीय भवन भत्किंदा सय भन्दा बढी वेपत्ता, १ जनाको मृत्यु
- असार ११, २०७८
- 0

अमेरिकाको फ्लोरिडा राज्यमा एउटा १२ तले आवासीय भवन भत्किंदा १ जनाको मृत्यु भएको छ । हराइरहेका झन्डै १०० जनाको खोजि कार्य जारी छ ।
मायामी शहरमा अवस्थित उक्त १२ तल्ले आवासीय भवनको एकापट्टीको भाग भत्किएर ध्वस्त भएसँगै मानिसहरु पुरिएर हराएका हुन् ।
घटनास्थलबाट दर्जनौ व्यक्तिलाइ सकुशल उद्धार गरिएको छ । भवनभित्र कति व्यक्ति थिए भन्ने यकिन हुन सकेको छैन ।
सन् १९८० मा निर्मित सो १२ तल्ले भवनको १३० वटा फ्ल्याटमध्ये आधा पुरै ध्वस्त भएको छ । भवन के कारणले भत्कियो भन्ने अनुसन्धानकै क्रममा छ । हराउनेमध्ये धेरै ल्याटिन अमेरिकी आप्रवासीहरू भएको सम्बन्धित वाणिज्य दूतावासहरुले जानकारी दिएको बिबिसीले जनाएको छ ।
0 प्रतिक्रिया
न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन् । […]
राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिकाबीच ‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालन गर्न सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिंजा गाउँपालिका, जुम्ला, कर्णाली बीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको […]
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था गरिँदै

मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने व्यवस्था लागू गर्ने तयारी गरिएको छ । व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू […]
स्वास्थ्यमा समान पहुँच र सेवाको गुणस्तरमा वृद्धि गर्न जरुरी छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने […]
सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने बताएका छन् । […]