इटालीमा केबलकार खस्दा कम्तीमा १४ जनाको मृत्यु

news-details

एजेन्सी/ इटालीमा आइतबार एउटा केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

तीमध्ये पाँच जना इजरायली नागरिक रहेको खुलेको छ। दुर्घटनामा एक जना बालक गम्भीर घाइते भएका छन्।

इटालीको लेक मागिओएरबाट नजिकैको पहाडको टुप्पोमा पुग्ने केबलकार दुर्घटनामा परेको हो ।

स्ट्रेसा-मोत्तारोन केबलकारले विदेशी पर्यटक र स्थानीयलाई समुद्र सतहदेखि १४ सय मिटर उचाइमा रहेको मोत्तारोन पहाडको चुचुरोमा पुर्‍याउँछ। लेक मागिओएरबाट चुचुरोमा पुग्न २० मिनेट लाग्छ।

पहाडको चुचुरोतिर गइरहेको केबलकार २० मिटर तल जमिनमा खसेको थियो । भिरालो जमिन भएकाले उक्त केबलकार गुड्दैगुड्दै गएर रूखमा अड्किएको थियो ।

नजिकै हाइकिङ गरिरहेका मानिसहरूले केबलकार खसेको आवाज सुनेका थिए । एउटा केबल चुडिएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

सन् १९७० बनेको यो केबलकार गत वर्ष कोरोनाभाइरसको महामारीका कारण लामो समय बन्द भएर केही महिनाअघि मात्रै फेरि सञ्चालनमा आएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *