इजरायल–प्यालेष्टाइनबीच युद्धबिराम

news-details

इजरायल र प्यालेष्टाइनको विद्रोही समूह हमासबीच युद्धबिराम भएको छ ।

११ दिनसम्म चलेको बमबारीपछि शुक्रबार बिहानैदेखि दुबै पक्षले युद्धबिराम भएको बीबीसीले जनाएको छ।

बमबारीमा कम्तिमा २४० जनाको मृत्यु भएको छ। अधिकांश गाजा क्षेत्रका छन्। बिरामसन्धी भए लगत्तै प्यालेष्टाइन नागरिक गाजाको सडकमा उत्रेर उत्सब मनाएका छन्। इजरायल र हमास दुबैले द्वन्दको क्रममा आ–आफ्नो बिजय भएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति जोइ बाइडेनले युद्धबिरामले वास्तविक अबसरको ढोका खोलेको प्रतिक्रिया दिए।

गत मई १० देखि दुबै पक्षबीच हिंसा सुरु भएको थियो ।पूर्बी जेरुसेलममा मुस्लिम र यहुदीले ओगटेको धार्मिक क्षेत्रमा सुरु भएको हिंसा बमबारीमा परिणत भएको थियो।

इजरायलको राजनीति सुरक्षा परिषद्ले युद्धबिरामका लागि गरिएको सिफारिश सर्वसम्मतले स्वीकार गरेको उल्लेख गरेको छ। इजरायलको रक्षा मन्त्री बेन्नी गान्जले ट्वीटरमा अभूतपूर्ब सैन्य सफलताको दाबी गरे।

हमासका एकजना अधिकारीले अशोसिएटेड प्रेससँगको कुराकानीमा प्यलेष्टाइन नागरिकको जित भएको र इजरायली प्रधानमन्त्रीको हार भएको दाबी गरे।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *