अर्बपति बिल गेट्स दम्पतिले गरे सम्बन्धविच्छेद

news-details

एजेन्सी । माइक्रोसफ्टका संस्थापक अर्बपति बिल गेट्सले पत्नी मेलिन्डा गेट्ससँग सम्बन्धविच्छेद गरेका छन् ।

बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत आफ्नो वैवाहिक सम्बन्धलाई निरन्तरता दिन नसक्ने निर्णयमा पुगेको जानकारी गराएका हुन् ।

उनीहरु २७ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । बिल र मेलिन्डाका तीन सन्तान छन् । ६५ वर्षीय बिल तथा ५७ वर्षीया मेलिन्डाको सम्बन्ध विच्छेदको खबरले उनका शुभचिन्तकहरू भने आश्चर्यचकित र चिन्तित देखिएका छन् ।

१९७० को दशकमा बिलले माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए । त्यसमा मेलिन्डा प्रोडक्ट म्यानेजरको रुपमा कार्यरत थिइन् ।

त्यसपछि प्रेममा परेको यो जोडीले १९९४ मा विवाह गरेको थियो । विवाह पछि यो जोडीले सामाजिक काम गर्नका लागि गेट्स एण्ड मेलिन्डा फाउण्डेशन स्थापना गरेका थिए ।

उनीहरुको सम्बन्ध विच्छेद भएपनि फाउण्डेशनमा सँगैं काम गर्ने जनाएका छन् । कुनैबेला संसारको धनी रहेका गेट्स अहिले पनि संसारको चौधो धनी व्यक्ति हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *