इराकको कोरोना अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

news-details

इराकको राजधानी बग्दादस्थित कोरोना अस्तालमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ ।

कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने सो ईबन खातिब अस्पतालमा गएराति आगलागी हुँदा दर्जनौँ अन्य घाइते भएका छन् ।

समाचारहरूमा जनाइएअनुसार अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको हो । सामाजिक संजालमा राखिएका भिडियोहरूमा अग्निनियन्त्रकहरू आगो निभाउन संघर्ष गरिरहेको देख्न सकिन्छ भने अस्पतालभित्र रहेका अन्य मानिसहरू आगोबाट बच्न हतारिँदै भागिरहेका छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल(काधिमीले भने आगलागीको घटना दुःखद भएको बताउँदै घटनाको कारणबारे तत्काल अनुसन्धान गर्न निर्देशन पनि दिनुभएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *