फ्लोएडको हत्यामा प्रहरी अधिकारी दोषी, ७५ वर्षसम्म जेल हुनसक्ने

news-details

एजेन्सी । अमेरिकाको एक अदालतले अघिल्लो वर्ष मारिएका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा प्रहरी अधिकारी देरेक साउभिनलाई दोषि ठहर गरेको छ ।

लामो बहसपछि न्यायाधशहरुले प्रहरी अधिकारी साउभिनमाथि लगाएका सबै तीन अभियोगमा उनलाई दोषी ठहर गरेको हो ।

उनीमाथि सेकेण्ड डिग्री मर्डर, थर्ड डिग्रि मर्डर र गैरन्यायिक हत्याको आरोप लगाइएको थियो ।

दोषी करार गरिएका प्रहरी अधिकारी साउभिनलाई ७५ वर्षसम्मको कैद सजाय हुन सक्नेछ । उनीमाथि सजाय सुनाउन भने बाँकी छ ।

यो सुनवाइलाई अमेरिकी इतिहासमै सर्वाधिक महत्वका साथ हेरिएको थियो । अफ्रिकी मुलका नागरिक फ्लोएडको गत वर्ष मे २५ तारिखमा अमेरिकाको मिनियापोलीस शहरमा हत्या गरिएको थियो ।

फ्लोएडले २० डलरको नक्कली नोट दिएको अभियोग एक जना पसलेले लगाएपछि प्रहरी अधिकारी साउभिनले उनलाई पक्राउ गर्ने बहानामा घोप्टो पारी ९ मिनेट ३९ सेकेण्डसम्म घाँटीमा घुँडाले थिचेर अठ्याउँदा उनको मृत्यु भएको थियो ।

यस घटनापछि अमेरिकाभर जातीय विभेदविरुद्ध व्यापक प्रदर्शन भएको थियो । पछिल्लो फैसलाको अमेरिकाभर स्वागत गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *