म्यानमारमा सैनिकले प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाउँदा ८० जनाको मृत्यु

news-details

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो हताहती भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ठुला हतियारको प्रयोग गरेका थिए । सैनिक सत्ता कायम राख्नका लागि सेनाले बल प्रयोग गरिरहेको छ ।

८० जनाको मृत्यु भएको समाचार बाहिर आएपनि वास्तविक मृतकको संख्या लुकाइएको आंशका गरिएको समाचार छ ।

प्रदर्शनका क्रममा हालसम्म ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । प्रदर्शन हिंसात्मक बन्दै गइरहेको अन्तराष्ट्रिय समुदायले समेत चासो र चिन्ता व्यक्त गर्दै आन्दोलनको भत्सर्ना गरिरहेका छन् ।

म्यानमारमा सैनिक कु भएयता निरन्तर प्रदर्शन जारी छ । म्यानमारका जनताहरुले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको रिहाइ लगायतका माग राखेर निरन्तर आन्दोलन गरिरहेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *