बेलायती राजकुमार फिलिपको निधन

news-details

एजेन्सी । बेलायती महारानी एलिजावेथ दोस्रोका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बुकिङह्याम दरबारले यस दुखद् समाचारको घोषणा गरेको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले फिलिपप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । राजकुमार फिलिपले असंख्य युवाहरुको जीवनमा प्रेरणा भरेको प्रधानमन्त्रीले बताए । दोस्रो विश्वयुृद्ध लडेका थोरैमात्र जीवित व्यक्तिमध्ये फिलिप एक रहेको उनले बताए ।

१० जुन १९२१ मा ग्रिसमा फिलिपको जन्म भएको थियो । उनका बाबु राजकुमार एन्ड्रियु ग्रिसका राजा जर्ज पहिलोका कान्छो छोरा थिए । राजकुमार फिलिपले १९४७ मा एलिजावेथसँग विवाह गरेका हुन् । यो जोडीका चार छोराछोरी, ८ नाति–नातिनी र १० जना पनाति–पनातिना छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *