अमेरिकाको कोलाराडोमा अन्धाधुन्ध गोली प्रहार, प्रहरीसहित दश जनाको मृत्यु

news-details

एजेन्सी । एक जना बन्दूकधारीले अमेरिकाको कोलाराडोस्थित किराना पसलमा अन्धाधुन्ध गोली प्रहार गरेपछि दश जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी अधिकृत समेत छन् ।

अमेरिकाकै एटलान्टा क्षेत्रमा गोली हानी आठ जनाको हत्या गरिएको घटना सेलाउन नपाउँदै कोलाराडोको किंग सूपर्स स्टोरमा अन्धाधुन्ध गोली प्रहारमा दश जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

गोली प्रहार गरेको आरापमा एक जना आशंकित पक्राउ गरिएको छ । सीएनएनका अनुसार बौल्डरका प्रहरी प्रमुख मैरिस हेरोल्डले एकजना आशंकित पक्राउ गरिएपनि कुन प्रकारको हतियार प्रयोग भएको तथा घटनाको कारणबारे खुलाएनन ।

अधिकारीहरुले गोली प्रहारबाट मृत्यु भएका ब्यक्तिको परिचय समेत खुलाएको छैन् । परिवारजनलाई जानकारी गराएपछि मात्रै ब्यक्तिको परिचय खुलाइने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *