म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यानल युट्युबले हटायो

news-details

एजेन्सी / म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यानल युट्युबले हटाइदिएको छ । सरकार विरुद्ध भएको प्रदर्शनमा सेनाले बल प्रयोग गरेको र हिंसा बढदै गएको भन्दै युट्युबले सेनाका च्यानल हटाइदिएको हो ।

सामाजिक निर्देशिका उल्लंघन गरेका कारण पाँच च्यानल हटाइएको युट्युबले जानकारी दिएको छ । फेब्रुअरी एकमा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हत्याएसँगै त्यसको विरोधमा म्यानमार प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शन नियन्त्रण गर्न सेनाले बल प्रयोग गर्दै आएको छ । बल प्रयोगका कारण कयौं प्रदर्शनकारी घाइते भएका छन् भने केहीको मृत्यु भएको छ ।

म्यानमारमा सुरक्षाकर्मीको बल प्रयोगावाट हालसम्म ५५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले नियन्त्रणमा रहेका नेतालाई रिहा गर्न र निर्वाचित सरकार पुर्नवहाली गर्न माग गर्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *