टोकियोमा संकटकालको अवधि फेरि थपियो, संकटकाल मार्च २१ सम्म जारी

news-details

एजेन्सी / जापानको राजधानी टोकियो क्षेत्रमा जारी संकटकालको अवधि फेरि थपिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले कोरोना महामारी नियन्त्रणका लागि संकटकालको अवधि थप गर्ने घोषणा गरेका हुन् ।

दोस्रोपटक थप गरिएको संकटकाल कनगवा, चिबा र सैताममा पनि लागू हुनेछ । संकटकालको अवधि आगामी मार्च २१ तारिखसम्म थप गरिएको हो ।

सरकारद्वारा गठित टास्क फोर्ससँगको परामर्शका आधारमा संकटकाल लम्ब्याउने निर्णय गरिएको सुगाको भनाइ छ । कोरोना महामारी नियन्त्रणमा आउन नसकेकाले संकटकाल थप गर्नुपर्ने सुझाव स्वास्थ्य विज्ञले दिदै आएका छन् ।

जापानमा हालसम्म कोरोनाका कारण साढे झण्डै चार लाख ३६ हजार मानिस संक्रमित भएका छन । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार भन्दा धेरै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *