दुबईमा आफ्नै शासक बुबाबाट बन्धक बनेकी छोरीको भिडियो सन्देश बाहिरियो

news-details

दुबईकी शासककी छोरीले पछि गोप्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडिओमा पिताले आफूलाई “बन्धक“ बनाएको र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गर्नु भएको छ ।

घरमै बन्धक बनेपनि सन् २०१८ मा देश छाडी भाग्ने प्रयास गरेकी राजकुमारी लतिफा अल मुक्तमले डुङ्गा चढेर भागिरहेको अवस्थामा कमान्डोहरूले आफूलाई औषधि दिएको र हवाई मार्ग हुँदै पुनः नजरबन्द गरिएको स्थान पुर्‍याइएको बताउनु भएको हो ।

उनको गोप्य सन्देश आउने क्रम हाल रोकिएको भन्दै राजकुमारीका साथीहरुले संयुक्त राष्ट्रसंघलाई यो विषयमा प्रवेश गर्न आग्रह गरेको बीबीसीले जनाएको छ । दुबई र संयुक्त अरब एमिरेट्सले यसअघि उनी सुरक्षित र परिवारको साथमा रहेको बताएका थिए ।

सन् २०१८ मा लतिफासँग भेटेकी राष्ट्रसंघकी एक जना पूर्व अधिकारी म्यारी रोबीन्सनले आफूलाई नराम्रो तरिकाले झुक्काएको आरोपसमेत लगाउनु भएको छ ।

मानव अधिकार सम्बन्धी पूर्व राष्ट्रसंघीय उच्चआयुक्त तथा आयरल्यान्डकी पूर्व राष्ट्रपति रोबीन्सनले लतिफाको हालको अवस्था र उनी कहाँ हुनुहुन्छ भन्ने बारे जानकारी दिनुपर्ने आग्रहको समर्थन गर्नुभएको थियो ।

लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मक्तुम दुबईका शासक हुन् । विश्वको सबैभन्दा धनी राष्ट्र प्रमुख मध्ये एक उनी संयुक्त अरब एमिरेट्सका उप–राष्ट्रपति पनि हुनुहुन्छ ।

लतिफालाई नियन्त्रणमा लिएर दुबई ल्याइएको करिब एक वर्षपछि उनलाई गोप्य रूपमा दिइएको मोबाइल फोनमा कैयौँ महिना लगाएर भिडियोहरू रेकर्ड गरिएको बीबीसीेले उल्लेख गरेको छ ।

-एजेन्सी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *