ट्रम्पले विद्रोह भड्काएको भन्ने आरोप झूट भएको ट्रम्प पक्षका वकिलहरूको दावी

news-details

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्रोह भड्काएको भन्ने आरोप दानवीय झूट भएको ट्रम्प पक्षका वकिलहरूले अमेरिकी संसद सिनेटमा जवाफ दिएका छन् ।

सिनेटमा जवाफ दिने क्रममा पूर्व राष्ट्रपति ट्रम्पका वकिल माइकल भ्यान डेर भिनले भूतपूर्व राष्ट्रपतिलाई यसरी महाअभियोगको कारवाही प्रकृया अघि बढाउनु डेमोक्र्याटहरुले राजनीतिक उत्प्रेरित बोक्सीको खोजी गर्नु सरह भएको बताएका छन् ।

ट्रम्प समर्थकहरुले गरेको आन्दोनका क्रममा गत जनवरी ६ मा अमेरिकी संसद क्यापिटलमा ५ जनाको मृत्यु भएको थियो । सो घटनामा दंगा भड्काएको आरोप पूर्व राष्ट्रपति ट्रम्पमाथि छ ।

पूर्व राष्ट्रपति ट्रम्पले भने आरोप अस्वीकार गर्दै आउनुभएको छ । धेरै रिपब्लिकनले ट्रम्पलाई दोषी ठहराउन भोट नदिने संकेत गरेका छन् ।

महाअभियोग प्रकृया द्रुत गतिमा अन्त्य गर्न ट्रम्पको रक्षात्मक टोलीले १६ घन्टा समयमध्ये ४ घन्टाभन्दा कम समय लिएका छन् । यस पछि सिनेटहरुलाई दुबैपक्षलाई प्रश्न सोध्नका लागि ४ घन्टाको समय दिइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *