भारतको उत्तराखण्डमा हिमनदी फुट्यो, १५० जना बढी सम्पर्कविहिन

news-details

एजेन्सी / भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा १५० जना भन्दा बढी बेपत्ता भएका भारतीय समाचार संस्था एएनआइले जनाएको छ ।

आइतबार चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको र बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा असर गर्नुका साथै उक्त प्रोजेक्टमा कार्यरत १५० भन्दा बढी सम्पर्कविहिन रहेको स्टेट डिजास्टर रेस्पोन्स फोर्सका डिआइजी रिधिम अग्रवालले बताए ।

बाढी आएपछि प्रभावित क्षेत्रका मानिसहरूको खोजी तथा उद्दार कार्य अघि बढाइसकेको छ । अधिकारीहरूले हरिद्वारसम्मको जिल्लाका मानिसहरूलाई सचेत गराएको जनाएका छन  ।

इन्डो-टिवेटियन बोर्डर पुलिसका सयौं अधिकारीलाई राइनी गाउँमा खटाइएको छ । बाढी पसेको त्यस गाउँको नदी छेउका घरहरू बगाएको र केहीले ज्यानसमेत गुमाएको हुनसक्ने आशंका गरिएको छ ।

आसाम पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री त्रिवेन्द्र रावतले प्रभावितस्थलको हवाइ अवलोकन गर्ने भएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *