बाइडेनद्वारा जलवायु परिवर्तनको मुद्दा सम्बोधन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

news-details

एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको मुद्दा सम्बोधन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् ।

आदेश जारी गर्दै बाइडेनले जलवायु परिवर्तनका कारण सिर्जित संकट समाधानका लागि अमेरिकाले विश्वको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

कोरोना महामारीका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनले बताएका छन् ।

२०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने र नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा पनि गरिएको छ ।

ह्वाइट हाउसमा जलवायु परिवर्तनका सम्बन्धमा आन्तरिक रणनीतिका लागि कार्यालय स्थापना गर्ने तथा आउँदो अप्रिलमा नेताहरुको सम्मेलन गर्ने घोषणा पनि गरेका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौती गरेर उर्जा उत्पादनलाई बढावा दिएपनि बाइडेनले त्यसमा रोक लगाएका हुन् । उर्जा कम्पनीले बाइडेनको नयाँ आदेशको प्रतिवाद गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *