भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक चलेपछि १३ को मृत्यु

news-details

एजेन्सी/ भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

गएराति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १३ जना मजदुरको मृत्यू हुनुका साथै ५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गुजराजको सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए ।

उखु बोकेको ट्याक्ट्ररसँग ट्रक ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएका कारण सुतेका मजदुरमाथि ट्रक चलेको बताइएकोछ । दुर्घटनामा घाइते भएकालाई अस्पताल लगिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *