ट्रम्पले लगाए अमेरिकामा संकटकाल

news-details

अमेरिकि राष्ट्रपति ट्रम्पले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा आपतकालको घोषणा गरेका छन ।

यही जनवरी ११ देखि २४ जनवरीसम्म २ साताको लागि सो शहरमा आपतकाल घोषणा गरिएको हो । आफूलाई महाअभियोगको प्रस्ताव पेश गरेपछि रुष्ट बनेका ट्रम्पले शपथ ग्रहण समारोहलाई प्रभावित गर्ने उद्देश्यले आपतकाल घोषणा गरेको विश्लेषण गरिएको छ ।

साथै आपतकालको समयमा ट्रम्पका समर्थकहरुले हिंसा मच्चाउन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसअघी अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईले ट्रम्पका समर्थकहरुले अमेरिकाको ५० वटा राज्यहरुमा हतियार सहित प्रदर्शन हुन लागेको खुलासा गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *