इन्डोनेशियामा विमान दुर्घटना : सवार सबैको मृत्यु भएको आशंका

news-details

एजेन्सी / इन्डोनेशियामा शनिबार भएको श्रीविजाया एयरको विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ । ६२ जना सवार बोइङ ७३७ विमान जकार्ता नजिकको टापु आसपासमा दुर्घटनामा परेको खुलेको हो ।

दुर्घटनास्थलबाट विमानका केही टुक्रा फेला परेका छन् । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढि पानी जहाज खोजीका लागि खटिएका छन् ।

राजधानी जकार्ताबाट पोन्तिएनाकका लागि उडेको उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीहरूले कम्तिमा एउटा विष्फोटन भएको देखेको बताएका छन् । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो ।

विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए । विमान २७ वर्ष पुरानो भएको बताइएको छ । दुर्घटनामा परेको विमान ७३७ म्याक्स भने होइन । म्याक्स लगातार दुर्घटनाका कारण धेरै देशमा ग्राउण्डेड छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *