ट्रम्पले गरे संसद तोडफोडको निन्दा, सत्ता हस्तान्तरणका लागि भए तयार

news-details

एजेन्सी । आफैले उत्तेजित पारेको जत्थाले देशको संसदमा हिंसा भड्काएको २४ घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक भिडियो सन्देश जारी गर्दै ट्रमपले हिंसा भड्काउन संलग्न भएकाहरुप्रति खेद व्यक्त गर्नुभएको हो ।

संसदमा भएको हिंसाबारे शुरुमा कुरा राख्न चाहन्छु भन्दै ट्रम्पले भन्नुभएको छ, ‘सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु । मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिए ।’

अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने भन्दै उहाँले संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी प्रजातन्त्रलाई अपवित्र बनाएको पनि उल्लेख गर्नुभएको छ ।

हिंसामा संलग्नहरुले देशको प्रतिनिधित्व नगर्ने भन्दै उहाँले भन्नुभएको छ, ‘जो मानिस हिंसात्मक घटनामा संलग्न थिए उनीहरु हाम्रो देशको प्रतिनिधित्व गर्दैनन्, र जसले कानुन तोडेको छ उसले कारबाही भोग्नुपर्छ ।’

राष्ट्रपति ट्रम्पले सन्देशमा ‘व्यवस्थित’ सत्ता हस्तान्तरणका लागि तयार भएको उल्लेख गर्दै भन्नुभएको छ, ‘नयाँ प्रशासन जनवरी २० मा आउने छ र सुचालु, सुव्यवस्थित र निर्वाध सत्ताको हस्तान्तरणका लागि म बाचा गर्दछु ।’

अमेरिकी संसदमा आक्रमण गराएपछि ट्रम्पको ट्वीटर, फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालका खाता बन्द गरिएको थियो । ट्वीटरले खोले पनि फेसबुक र इन्स्टाग्रामले भने अझै बन्दै गरेका छन् ।

आफ्ना अन्ध समर्थकहरुलाई भड्काएर संसदमा आक्रमण गराइएको भन्दै ट्रम्पलाई अपदस्थ गरिनुपर्ने दबाब उहाँकै पार्टी रिपब्लिकनमा पनि बढेपछि २४ घण्टापछि ट्रम्पले घटनाको निन्दा गर्नुभएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *