ट्रम्पका हतियारधारी समर्थकले संसद भवनमै आक्रमण गरेपछि वासिंगटनमा कर्फ्यू

news-details

एजेन्सी / अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डीसीमा हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन शुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टनमा कर्फ्यु लगाइएको छ ।

ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका हुन् । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् ।

अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम अघि हिंसात्मक प्रदर्शन भएको हो । राष्ट्रपति ट्रम्पका समर्थकहरुले चुनाव रद्द हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

केही ठाँउमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ । स्थिति बिग्रँदै गएपछि क्यापिटल हिल्समा नेसनल गार्ड परिचालन गरिएको छ । क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ । पाँच थान बन्दुक पनि बरामद भएको छ । झडपमा परी एक महिलाको मृत्यु भएको छ ।

क्यापिटल हिल्समा हिंसा मच्चिएपछि फेसबुक, युट्युब र ट्विटरले राष्ट्रपतिको सन्देशसहितको भिडियो हटाएका छन् । उपराष्ट्रपति माइक पेन्सले हिंसाको कहिल्यै जित नहुने भन्दै वासिङ्टनमा भएको प्रदर्शनको निन्दा गरेका छन् ।

त्यस्तै ट्रम्पले नै हिंसा भड्काउन सघाएको भन्दै रिपब्लिकन सांसदका साथै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टनलगायतले पनि कडा आलोचना गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *