बहराइनका प्रधानमन्त्री खालिफाको निधन

news-details

बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ ।

अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचाररथ ८४ वर्षीय खालिफाको बुधबार उपचारकै क्रममा निधन भएको बहराइनको राजदरबारले जानकारी दिएको हो ।

उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने बताइएको छ । बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन् भने भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ ।

राजपरिवारमा जन्मिएका खालिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी लगातार प्रधानमन्त्री रहे । उनी संसारको सबैभन्दा लामोसमय प्रधानमन्त्री बनेका व्यक्ति हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *