अन्तिम मतपरिणाम अघि नै वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित

news-details

डेमोक्रेट उमेद्वार जोसेफ रोविनेट वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन ।

राष्ट्रपतिका लागि आवश्यक २७० इलेक्टोरल मत प्राप्त भएपछि वाइडेन अन्तिम मतपरिणाम आउनुअघि नै राष्ट्रपतिमा विजयी भएका हुन । उनीसँगै कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित भएकी छन ।

केहि दिनयता विवादकाबीच मतगणणा प्रभावित भैरहदा अन्तिम चरणमा पुगेको मतपरिणाम अन्यौल बनिरहेको थियो । तथापी भर्खरै मतगणणा सम्पन्न भएको पेन्सेलभेनियामा वाइडनले जित हासिल गरेसँगै उनलाई राष्ट्रपति बन्न आवश्यक इलेक्टोरल मत पुगेको हो ।

पछिल्लो मतपरिणाम अनुसार वाइडनले २७३ इलेक्ट्रोरल मत प्राप्त गरिसकेका छन भने वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन ।

यद्यपी अझै ३ वटा राज्यमा मतगणनाको अन्तिम नतिजा आउन बाँकी रहेको छ । बाँकी रहेको नभाडा, जर्जिया र नर्थ क्यारोलाइना राज्यमा मत गणना जारी छ । नाभाडामा वाइडनको अग्रता कायम छ भने जर्जियामा मत पुनस्गणना हुने भएको छ ।

बाकी परिणाम अघि नै राष्ट्रपतिमा विजयी भएका वाइडनले आगामी जनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन । योसँगै वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनेछन । वाराक ओबामाको कार्यकालमा उनी उपराष्ट्रपति भएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *