अमेरिका चुनाव : बाइडेनको अग्रता, नतिजा नआउँदै विजेता घोषित नगर्न ट्रम्पको चेतावनी

news-details

अमेरिकाको आगामी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावको अन्तिम नतिजा आउनुअघि नै आफूलाई विजेता घोषित नगर्न चेतावनी दिएका छन् । ट्वीट गर्दै प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई राष्ट्रपतिमा गलत दाबी नगर्न भनेका हुन् ।

कानुनी प्रक्रिया भर्खरै शुरु भएकाले त्यस्तो दाबी आफु पनि गर्न सक्ने उनको भनाइ छ । बाइडेनले मत धेरै ल्याएका राज्यमा ट्रम्पले चुनावमा धाँधली भएको भन्दै पुनः मत गणनाका लागि अदालतमा मुद्दा हालेका छन् ।

ट्रम्पको निर्वाचन अभियान समूहले पनि बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू ’गलत तरिकाले ल्याइएको’ र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई ’अर्थपूर्ण पहुँच’ नदिइएको दाबी गरेको छ ।

अमेरिकामा मंगलबार भएको चुनावको मतगणना जारी छ । अधिकांश अरु पदको नतिजा आए पनि राष्ट्रपति चुनावको नतिजा केही‘निर्णायक राज्यहरुमा गएर अड्किएको छ । अहिले नर्थ क्यारोलाइना र अलास्का बाहेकका चार राज्यहरुमा बाइडेनले आफ्नो अग्रता कायम राखेका छन् ।

बाइडेनले २० तथा १६ इलेक्टोरल कलेज मत रहेको पेन्सिलभेनिया र जर्जिया राज्यमा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् । यस्तै उनले नेभाडा र एरिजोनामा आग्रता कामय राखेका छन् । एरिजोनामा उनको अग्रता केही कम भएको छ । नेभाडामा ६ र एरिजोनामा ११ इलेक्टोरल कलेज मत छ ।

बाइडेनले रिपब्लिकन राज्य एरिजोना र जर्जिया पनि जित हाँसिल गर्ने देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल कलेज मत चाहिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *