हुलाकबाट आएका मतपत्रमा व्यापक भ्रष्टाचार र अनियमिता भएको राष्ट्रपति ट्रम्पको आरोप

news-details

अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा अझै आइसकेको छैन । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्नु भएका जो बाइडनले महत्वपूर्ण राज्यहरुमा अग्रता कायम गरेकाले उहाँ जीत नजिक रहनुभएको छ ।

निर्णायक राज्य मानिएको पेन्सिलभेनियाको ९८ प्रतिशत मत गणना सकिँदासम्म बाइडेनको अग्रता छ । बाइडनले पेन्सिलभेनियामा जीत हासिल गरेमा राष्ट्रपतिमा निर्वाचित हुनुहुनेछ । मत गणना भइरहेको अर्को राज्य जर्जियामा ९९ प्रतिशत मत गणना सम्पन्न हुँदा डेमोक्र्याटहरु नै झिनो मत अन्तरले अगाडि रहेका छन् ।

यसै गरी नाभाडा र एरिजोना राज्यमा पनि बाइडेनले नै अग्रता कायम गर्नुभएको छ । पछिल्लो नतिजाले बाइडनको ह्वाइट हाउसको यात्रा सहज बनाएको विश्लेषकहरुले बताएका छन् ।

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मत गणना कायमै रहेकाले अझै पनि आफूले जीत हासिल गर्ने दावी गर्दै आउनु भएको छ । हुलाकबाट आएका मतपत्रमा व्यापक भ्रष्टाचार र अनियमिता भएको आरोप राष्ट्रपति ट्रम्पको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *