अमेरिकी राष्ट्रपतीय निर्वाचन : वाइडेन विजयको नजिक, चार राज्यको मतपरिणाम आउन बाँकी

news-details

कृष्णराज खनाल / विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुगेका छन । तर अझै पनि कस्तो परिणाम आउँछ भन्न सक्ने स्पष्ट स्थिति छैन ।

अहिले विहानसम्म प्राप्त परिणाम अनुसार, पूर्व उपराष्ट्रपति जो वाइडेनलाई अब विजयको पताका फहराउनका लागि जम्मा छ इलेक्टोरल मतको आवश्यकता छ । उहाँले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २६४ प्राप्त गरिसकेका छन । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गरेका छन । अधिकांश राज्यको मत गणनाको परिणाम आइसकेको र बाँकी चारवटा राज्यको मत परिणाम आउन बाँकी छ ।

नेपाली समय अनुसार अहिले विहानसम्म बाँकी चारवटै राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर परेको छ । नेभाडा राज्यमा अहिले सबै अमेरिकनको ध्यान गएको छ । यो राज्यमा अहिले करिब ७५ प्रतिशत मतगणना सम्पन्न भइसकेको परिप्रेक्ष्यमा दुवै उम्मेदवारले ४९ प्रतिशत मत प्राप्त गरे तापनि झिनो मतान्तरले वाइडेनले अग्रता लिएका छन । यो राज्यमा छ इलेक्टोरल मत छ । यो राज्यमा वाइडेनले विजय प्राप्त गरेभने उनी राष्ट्रपति चुनिनेछन ।

त्यसैगरी जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा राष्ट्रपति ट्रम्पको अग्रता छ । यी तीन राज्यमा क्रमशः १६, १५ र २० इलेक्टोरल मत उनको पक्षमा जाने लगभग निश्चित छ । यी तीनवटै राज्यको इलेक्टोरल मत जोड्दा हुनआउने ५१ मत र उनले हालसम्म प्राप्त गरेको २१४ मत जोड्दा पनि स्पष्ट बहुमत हासिल हुनेछैन । राष्ट्रपति ट्रम्पलाई पदमा टिकिरहनका लागि उपर्युक्त चारवटै राज्यको निर्वाचन आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।

कडा प्रतिस्पर्धात्मक रहेको नेभाडाको परिणाम केही घण्टापछि आउने बताइएको छ भने अन्य तीन राज्यको परिणाम शुक्रवारसम्ममा आउनेछ । कथमकदाचित नेभाडामा ट्रम्पले विजय हात पारे भने उनी पुन चार वर्षका लागि सेतो घरमा बस्नुहुनेछ । त्यसैले कसले जित्छ भनेर अहिले नै भन्नु उपयुक्त हुन्न ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *