अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै, ट्रम्प र वाइडेनबीच मुख्य प्रतिष्पर्धा

news-details

अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ ।

निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टीका तर्फबाट जो वाइडेनबीच मुख्य प्रतिष्पर्धा हुँदैछ ।

जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको प्रतिष्पर्धामा रहनुभएको छ भने ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी प्रतिष्पर्धामा रहनुभएको छ ।

दुवै प्रतिष्पर्धीले चुनाव प्रचार प्रसारका क्रममा आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आएका छन् ।

चुनावी नतिजा फेरबदल गर्नसक्ने एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, पेन्सलभेनियालगायतका राज्यको मत निर्णायक हुने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एबिसी न्युजले २ दिनअघि गरेको गरेको मत सर्वेक्षणमा वाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखाएको थियो ।

तर मत सर्वेक्षणलाई हारजितको आधार भने मान्न सकिँदैन । अक्टोबर २९ देखि ३१ सम्म भएको मत सर्वेक्षणमा ५७ प्रतिशत मतदाताले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ट्रम्पको कार्यशैली नरुचाएको देखाएका थिए ।

तर अर्थतन्त्रका सन्दर्भमा भने ट्रम्पर्लाइ ५५ प्रतिशत नागरिकले रुचाएका थिए । अमेरिकामा प्रत्येक राज्यको मतदानको मतका आधारमा त्यहाँको इलेक्टर चयन हुन्छ, जसले अन्त्यमा राष्ट्रपतिचयन गर्छ ।

अमेरिकामा कूल ५ सय ३८ इलेक्टर चयन हुन्छन् । तीमध्ये एक सय सिनेटर हुन्छन् भने चार सय ३५ जना प्रतिनिधि मानिन्छन् ।

बाँकी तीन जना इलेक्टर वासिङ्टन डीसीबाट चयन हुन्छन् । तीनै इलेक्टरले अमेरिकी राष्ट्रपति चयन गर्नेछन् ।

राष्ट्रपतिका लागि इलेक्टरले आगामी डिसेम्बर १४ तारिखसम्म मतदान गर्नेछन् । सो मतदानमा २ सय ७० मत ल्याउने उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुने कानुनी व्यवस्था छ ।

-एजेन्सी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *