कोरोनाको उपचार गराइरहेका ट्रम्प एक्कासी पुगे समर्थक भेटन

news-details

एजेन्सी/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाद्वारा संक्रमित छन् र हाल उनी ह्वाइट हाउसभन्दा टाढा वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना छन् ।

तर आइतबार सबैलाई चकित बनाउँदै उनी अस्पताल बाहिर भएका आफ्नो समर्थकलाई भेट्न पुगे र हात हल्लाएर सबैको अभिवादन स्विकार गरिरहेको देखिए ।

यद्यपि, उनी कारभित्रै बसिरहे । बाहिर भने निस्किएनन् । त्यतिबेला उनले मास्क लगाएका थिए ।

हुन त सोसल मिडियामा सक्रिय हुनेहरुलाई थाहा थियो कि राष्ट्रपति आइतबार अस्पतालबाट बाहिर निस्कनेछन् । वास्तवमा ट्रम्पले उक्त ‘सरप्राइज भिजिट’ बारे ट्वीटरमा जानकारी दिएका थिए ।

राष्ट्रपतिका डेप्युटी असिस्टेन्टले भने, ‘एक मेडिकल टिमले कारमा उनलाई बाहिर निस्कने अनुमति दिएका थिए ।’

उनका अनुसार यतिबेला कार चलाउने कर्मचारी र अन्य कर्मचारीको सुरक्षाका लागि सबै आवश्यक कदम उठाइएको थियो ।

यसअघि वाल्टर रिड अस्पतालका डाक्टरले उनी बाहिर गएको विषयमा नकारात्मक प्रतिक्रिया दिएका थिए र भनेका थिए, ‘उनीसँग कारमा बस्ने व्यक्ति संक्रमित हुने जोखिम अत्यधिक छ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *